तीन कम्पनीको सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। सेयरमा मूल्य समायोजना हुनेमा स्वाभिमान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ।

स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ  १ हजार ५० रुपैयाँ निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १ हजार २६० रुपैयाँमा भएको थियो।

प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४०० रुपैयाँ ६८ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४१४ रुपैयाँमा भएको थियो।

यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४०८ रुपैयाँ ७६ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४२० रुपैयाँमा भएको थियो।