शुक्रबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - शुक्रबार पनि अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ। बिहिबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ।

अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रुपैयाँ १९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९४ पैसा र विक्रीमा ९ रुपैयाँ ९९ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।