आरआरआरका अभिनेता रामचरण बुवा बने 

काठमाण्डौँ - आरआरआरका अभिनेता रामचरण र उपासना बुवा आमा बनेका छन् ।

उपासनाले मंगलबार छोरीलाई जन्म दिएकी हुन् । उनीहरू विवाह गरेको ११ वर्षपछि अभिभावक बनेका छन् ।

उनीहरू अभिभावक बनेको जानकारी रामचरणका बुवा चिरञ्जिवीले ट्विटरमार्फत दिएका हुन् । 

ुसानी मेगा राजकुमारीलाई स्वागत छ । तिम्रो आगमनले लाखौं परिवारमा खुशी छाएको छ । तिमीले रामचरण र उपासनालाई बुवा आमा बनाएकी छौं भने हामीलाई हुजुरबुवा(हजुरआमा । हामी एकदमै खुशी छौं, उनले लेखेका छन् ।

रामचरण र उपासनाले सन् २०१२ मा विवाह गरेका थिए ।