विना जानकारी गैरहाजिर एकजना प्रहरी सहायक निरीक्षकसहित १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार एकजना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका छन्। गैर हाजिर रहेका प्रहरीको खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ।

नामसहित: