दमककाे सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेकाे अभियाेगमा तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १ सय ८७ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बालुवाटार काण्ड भनेर चिनिने दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा एक सय ८७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे छ ।

नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित एक सय ८७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताउनुभयो ।

दमक नगरपालिकाकाे वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फका जग्गा तथा साविक दमक–६ (ग) र दमक–५ (ख) बीचको सार्वजनिक जग्गा विभिन्न व्यक्तिको नाममा गरिएको अख्तियारको दाबी छ । तीन सय ८४ रोपनी आठ आना एक दाम रहेको ती जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको र जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार आठ सय रुपैयाँ हुन आउने देखिएको छ ।