काठमाडौं महानगरपालिकाले अब नयाँ नक्सा दर्ता गर्ने बेलामा बायोमेट्रिक पनि लिने

काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका निम्ति नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । गएको मंगलबार (फागुन १५)देखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । अहिले केन्द्रबाट थालिएको यो सेवा विस्तारै सबै वडाबाट सञ्चालन गरिनेछ ।

asdfg-1709179612.jpg