पर्वतमा युवतीमाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ

पर्वतमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। जलजला गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका-४ का ३६ वर्षीय कुशल मल्ल पक्राउ परेका छन्। 

उनीहरूलाई प्रहरी चौकी मिलनचोकबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। उनीहरूविरूद्ध २१ वर्षीया युवतीलाई सामूहिक  बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।