बालकुमारीको आन्दोलनमा घाइते भएका थप एकको मृत्यु भएको छ। प्रहरी श्रोतका अनुसार घटनापछि गम्भीर घाइते भएर उपचारका लगि अस्पताल पुर्याएका विरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जानकारी दिए । यस अघि २३ वार्षिक सुजन राउतको मृत्यु भएको थियोे ।
प्रदर्शनका कारण मृत्यु हुने संख्या दुई पुगेको छ। यसैबीच घटना र त्यहाँ भएको प्रदर्शन लगायत विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ।