ललितपुर बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ललितपुर बालकुमारीमा आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो। मृतक कर्णाली प्रदेशका २३ वार्षिक युवक सुजन राउत भएको ललितपुर प्रहरी परिसरका प्रबक्ताले जानकारी दिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस ) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले बालकुमारी ललितपुरमा  गरेको प्रदर्शन प्रहरीको नियन्त्रण भन्दा बाहिर गएपछि नियन्त्रणमा लिन गोली चलाउन परेको प्रहरी प्रबक्ताले बताए । 

प्रदर्शनकारीबीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको बा.२ झ ५८ ६१ नम्बरको सवार गाडी जलाएका थिए । आगजनीमा संलग्न १० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।