ललितानिवास जग्गा प्रकरणमा फैसला बिहीबार सुनाइने

काठमाडौं । कृत्रिम मोही खडा गरी ललिता निवासको जग्गा दर्ता प्रकरणमा विशेष अदालत काठमाडौंले भोलि बिहीवार फैसला सुनाउने भएको छ। आज बुधबार फैसला सुनाउने भनिएपनि संक्षिप्त आदेश पुरा नभएकोले हेर्दाहेर्दैमा राखेर बिहीवार फैसला सुनाउने विशेष अदालतले जनाएको छ।