काठमाडौ । प्रधानमन्त्रीका सल्लाहकारको नाम प्रयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा कालिङ्चोक गाउँपालिका सुनखानी ८ कि ३२ वर्षीय बालिका सिवाकोटी र रामेछाप सुनापती गाउँपालिका - १ का ५९ वर्षीय भरत चौलागाईं छन् ।
उनीहरूले १५६ जनाबाट जनही ६ लाख २० हजार रुपैयाँ असुलेर ठगी गरेको उजुरी परेपछि केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया