आजको मौसम : देशका धेरैजसो भूभागमा पानी पर्ने संभावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भूगका थोरै तथा तराईका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।