आजको मौसम : आज देशभर पानी पर्ने, तराईमा हावाहुरी चल्ने

काठमाण्डौँ - आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बाँकी प्रदेशका केही स्थानमा पनि पानी पर्न सक्छ । 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान छ । यी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ भने अन्य प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि हुरी चल्न सक्छ ।

आज राति देशभरको मौसम आंशिकदेखि पूर्णतः बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एकरदुई स्थानमा चट्याङसहित भारी वर्षा हुने मौसमविद्को भनाइ छ ।