कोशीको मुख्यमन्त्रीमा थापालाई नै अघि सार्ने कांग्रेसको निर्णय

 काठमाडौँ - नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सारेको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलका बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेका हो । 

कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले थापा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘गठबन्धनमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भयो । सोही अनुसार हाम्रो संसदीय दलको बैठकले दलको नेतालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो । दाबी पेस गर्ने तयारीमा छौं ।’

सभामुखको राजीनामापछि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने उनको भनाइ छ ।