सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो। यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ। उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो।
‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन्’, राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन्।’