आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा पाइन्छ। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८५ रुपैयाँ तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ९० पैसा र बिक्रीमा २८ रुपैयाँ ०२ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८९ पैसा तोकिएको छ।