वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शुक्रबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने ४५ वर्षीय वसन्त योगी छन् ।
योगीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।