अब वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने, कसरी हुँदैछ काम ?

काठमाडौं - विगतका वर्षमा झैँ यस वर्ष वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम अघि बढाइएको छ।

हरेक वर्ष बर्सात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ सडकमा नै थुप्रिँदा समस्या हुने गरेको थियो। विगतका वर्षमा झैँ समस्या नहोस् भनेर यस वर्ष कामपाले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको काठमाडौँ महानगरपालिको वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी र्दिए।

उनका अनुसार उक्त सडक मर्मतका लागि यही फागुन १० गते ठेक्का आह्वान गरिएको छ। कामपाले सूचना जारी गर्दै करबाहेक रु एक करोड ७४ लाख ७५ हजार अनुमानित बजेटको ठेक्का आह्वान गरेको हो।