एसईईको नतिजा बुधबारभित्र आउने पक्का, नतिजा कुन ग्रेडमा आउँछ ? 

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यही साता निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए ।

यस वर्षको नतिजामा बोर्डल पुरानै ग्रेडिङ प्रणालीअनुसार ग्रेड छुट्याउने भएको छ ।  यस वर्ष एसईई दिएका विद्यार्थीले पुरानै पाठ्यक्रम अनुसार पढेकाले नयाँ पाठ्यक्रम अनुसार पढाइ हुन थालेपछि मात्रै नयाँ ग्रेडिङ लागु गर्ने तयारी भएको गोदारले बताए । ग्रेडिङबारे बोर्डले अन्तिम निर्णय गर्न भने बाँकी छ ।