कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

 काठमाण्डौँ - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । मुख्यमन्त्री थापाले बिहान साढे १० बजे  शपथ लिन लागेका हुन् । 

कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
सविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।