कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ साँझ ५ बजेलाई सर्‍यो

 विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण आज साँझ ५ बजे हुने भएको छ ।

आज बिहान १०ः३० बजेलाई तय भएको शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सरेको हो ।

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबन्डा टुंगो लगाउन बैठक बसिरहेको कारण शपथ सरेको बताइएको छ ।