आङकाजी शेर्पाको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढा

काठमाडौँ - काठमाडौं प्रहरी परिसर कार्यालयमा ढुंगामुढा भएको छ ।

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् । आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूह पाण्डेलाई पक्राउ गर्न माग गर्दै कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

तर, प्रहरीले अधिवक्ता पाण्डेलाई भने आज बिहानै पक्राउ गरिसकेको थियो । जानकारी बिना नै उक्साहटमा पुगेको समूहले प्रहरी कार्यालयमा आक्रमण गरेका हुन् । अधिवक्ता पाण्डेले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा तामाङ समुदायको विवाहको विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनलाइ कारबाही गर्न माग गरिएको छ । पाण्डेविरूद्व पक्राउ पुर्जी नै जारी भएको थियो ।

आक्रमणबाट १२ जना प्रहरी घाइते भएका छन् । प्रहरीले केही ढुंगामुढा गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।