कोशीमा भागवण्डा मिल्यो, सभामुख छाडेका बाबुराम अर्थमन्त्री बन्ने 

 विराटनगर - कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १,१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो ।