आजबाट संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको खेलकुद मन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए।

यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।