आज पनि अमेरिकी डलरको भाउ बढ्यो, हालसम्मकै उच्च, कुनदेशको कति?

आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ। यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत असोज ३० गते डलरको भाउ १३३ रुपैयाँ ५५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८० पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८४ रुपैयाँ ६९ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९६ रुपैयाँ २२ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०४ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ८७  पैसा र बिक्रीमा २८ रुपैयाँ पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०६ पैसा तोकिएको छ।