पूर्वयुवराज पारस शाहलाई हृदयघात

यूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

हृदयघातपछि अस्पताल लगिएका पूर्वयुवराज पारस शाह आज पनि त्यहीँ राखिने भएको छ । आइतबार साँझ घरमै बसिरहेको बेला हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । अस्पतालस्रोतका अनुसार तत्कालै मुटुमा स्टेन्ट प्रत्यारोपण गरेपछि उनी खतरामुक्त छन् । उनको उपचारमा डा. यादव भट्टसहितको चिकित्सक टोली खटिएको छ ।

यद्यपि, २४ घण्टाभन्दा बढी समय ‘अब्जर्भ’ मा राख्नुपर्ने कारण उनलाई आज पनि अस्पतालमै राखिने सम्भावना रहेको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए । पूर्वयुवराज शाहलाई आजै घर पठाउने कि नपठाउने भन्नेबारे चिकित्सक टोलीले हालसम्म कुनै निधो नगरेको उनले बताए ।