महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १२ सवारीसाधान नष्ट

काठमाडौं - ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४: ४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५:१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन् । 

घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ ।आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।