धार्के- धार्के गणेश खोला पुलमा फेरि प्वाल परेकोमा अहिले पुलमा ढुङ्गाहरु हालेर अस्थायी रुपमा बाटो खुलाउने प्रयास भैरहेको छ ।
पृथ्वि राजमार्ग अन्तर्गत धुनिबेशि नगर र थाक्रे गाउँपािलका जोड्ने गणेश खोला पुलमा पुन आज प्वाल परेको हो । अहिले सवारी साधन दुवैतर्फ बन्द छन् । तत्काल खुलाउने सम्भावना नरहेको धुनिबेशी नगर ६ का वडा अध्यक्ष रमेह आचार्यले बताए ।
अस्ति परेको बर्षाले एका तर्फको भाग प्वाल परेरे करिव १८ घण्टा सवारि बन्द भएको थियो ।