धादिङबेसीमा सडक बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

धादिङ - सदरमुकाम धादिङबेसीमा सडक बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार साँझ धादिङबेसीस्थित स्थानीय टोल सुधार संस्थाले जडान गरेको सडक बत्ति मर्मत गर्ने क्रममा नीलकण्ठ नगरपालिका ८ रामकोटका ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । 

पानी परिरहेको अवस्थामा विजुलीको पोलमा चढेर बत्ति मर्मत गरिरहेका मगर करेन्टले पोलमै १० मिनेट भन्दा बढी समय झुण्डिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।