यी नदीमा आज बाढीको सम्भावना उच्च

काठमाडौँ - आगामी तीन दिन ठूला नदीमा जलसतह बढ्ने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वीराप्ती, पश्चिमराप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने छ । 

तर जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर र आसपास भएर बहने साना नदी तथा खोलाहरू जलसतह बढ्नेछ । 

केहीमा आकस्मिक बाढीको समेत पूर्वानुमान रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा विषेश सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।