पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त, जिल्ला अदालतले हिरासतमा राख्न दिएन अनुमति

 काठमाडौँ - केही समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन् ।

जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको हो । उनलाई दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा बुधबार पक्राउ गरेको थियो ।

पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शनसमेत गरेका थिए ।