मकवानपुरमा सर्पले डस्दा बालिकाको मृत्यु

काठमाण्डौँ - मकवानपुरमा सर्पको डसाइबाट बालिकाको मृत्यु भएको छ ।
सर्पले डस्दा मकवानपुरको बकैया–७ अधेरीकी १२ वर्षीया करिश्मा  लोको मृत्यु भएको हो । 

प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेका बेला सर्पले टोकेको हो ।

सर्पको विषले गम्भीर बिरामी परेकी उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस