मेयर बालेनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने महानगरका कर्मचारीविरुद्ध साइबर अपराधको मुद्दा 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आरोप लगाएर फेसबुकमा स्टाटस लेखेको भन्दै महानगरपालिकाकै एक जना कर्मचारीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऎन अनुसार मुद्दा दायर गरेको छ। निलम्बनमा रहेका स्वास्थ्य विभागका प्रमुख रामप्रसद पौडेलविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा  मुद्दा  दर्ता गरेको हो।

पौडेलले फेसबुकमा मेयर बालेनले करारमा कर्मचारी नियुक्ति गरेका एक सय ६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, नगरवासीले तिरेको कर हो आरोप लगाएर लेखेका थिए । स्टाटसले द्वेष फैलाएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो।