सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद र साढे १३ करोड बढीको जरिवाना फैसला

भ्रष्टाचार मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले १३ करोड ५८ लाख ५२ हजार ५ सय ८० रूपैयाँ जरिवाना एवं कैद सजायको फैसला सुनाएको छ । पौडेललाई डेढ वर्ष कैद सजायसहित सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेर पदीय दुरुपयोग गरेको ठहरसहित थप ६ महिना कैद सजाय तोकिएको छ ।

अख्तियारद्वारा दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई सजाय सुनाएको हो ।