स्कारपियो दुर्घटना : सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिँदै 

सिन्धुली - सुनकोसी नदीको बहाव डाइभर्सन गर्न थालिएको छ। शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको गाडी र त्यसमा सवार ३ जनाको खोजि गर्न नदीको बहाव डाइभर्सन गर्न लागिएको हो ।

नदीमा गहिरो र अत्याधिक पानीको प्रवाह भएको कारण गोताखोरलाई समेत खोजबिन गर्न कठिन भएपछि नदीको पानीलाई डाइभर्सन गरेर बहाव कम गर्न थालिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डीएसपी चिरन्जीवी दाहाललका अनुसार नदीमा तीनवटा स्काभेटर लगाएर बहाव परिवर्तनका लागि डाइभर्सन बनाउन थालिएको छ ।