रुपन्देहीको मर्चवारी –३ का वडाध्यक्ष जनार्दन यादव र सिद्धार्थनगर–९ का विपिन कुमार पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव र सिद्धार्थनगर नगरपालिका–९ का विपिन कुमार पाण्डेविरुद्ध तीन लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वडाध्यक्ष यादवले विभिन्न योजनाको भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए। सो रकम गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन पाण्डेमार्फत लिइसकेको अवस्थामा अख्तियारको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो।

दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।