कक्षा १२ को नतिजा साउन अन्तिम साता आउने

 काठमाण्डौँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको तयारी भइरहेको जनाएको छ । गत वैशाख १६ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षाको नतिजा साउन अन्तिम सातातिर सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो ।