एनसेलको सेयर कौडीको भाउमा बिक्री विसयमा सार्वजनिक लेखा समितिको चासो एनसेल आजियाटाले दिएन प्राधिकरणलाई जवाफ

नेपालबाट बाहिरीने घोषणा गरेको एक दिनमा नै शंकास्पद तरिकाले १ डलरमा  स्थापना गरेको बेलायतको एक कम्पनीलाई कौडीको भाउमा एनसेल आजियाटाले ८० प्रतिशत सेयर बिक्रीवितरण गरेपछि चासो बढ्न थालेको छ।

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशात सेयर खरिद बिक्रि  विषयमा  आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद बिक्रि सम्बन्धमा  ९ वटा प्रश्नसहित पत्र सोधेको छ।

सार्वजनिक लेखा समितिका सभापति श्रृषिकेश पोखरेलले एनसेलको सेयर स्वामित्व हस्तान्तरणको सवाल समितिको चासोका विषयमा प्रश्नसहित पत्राचार गरेका छन् । समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा १ डलरमा खोलिएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको थियोे ।

स्मार्ट सेललाइ डुबाएर सोही लाइसेन्स एनसेललाई भिडाएर थोरै मुल्यमा कम्पनी हात पार्ने दाउ रचेका दुबै कम्पनीका नेपाली साझेदारले रचेको योजनामा २ खर्बको सम्पत्ति रहेको एनसेल ६ अर्बमा बिक्रि भएको सार्वजनिक भएको छ। 

लेखा समितिले कम्पनीको सेयर खरिद - बिक्री, नामसारी गर्नु पुर्व   वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवाप्रवाह गरिरहेको देशको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने , नेपाल दूरसञ्चार  प्राधिकरणको, आन्तरिक राजस्व कार्यालय  र कम्पनी रजिस्ट्रारको कार्यालय सँग भएको कानुनी प्रक्रिया  अनुमिती स्वीकृति भएको छ वा छैन भनेर सोधेको छ।