महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको घटनामा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै महान्यायाधिवक्ता रमेश बडालले अनुमोदन गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, मुद्दा नचलाउने निर्णय भइसकेको छ । सीआईबीले पेश गरेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने भनी राय तयार गरेको थियो । त्यो फाइल उच्च सरकारी वकिलको कार्यालयबाट अनुमोदन हुँदै महान्यायाधिवक्ता कार्यालयमा पुगेको हो ।