चर्चित गायक तथा अभिनेता रोविन तामाङको निधन

काठमाडौँ - नेपाली चर्चित रकगायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो ।

रोविन घरको कोठा भित्र मृत भेटिएका उनको पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ । मृत्यु कसरी र के कारणले भएको भन्ने बारे खुलासा भएको छैन् ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए । उनका ‘चिसो चिसो हावामा’ ‘जति माया लाए पनि’ ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन् ।  छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन् ।