एसईईको परीक्षाफल कहिले सार्वजनिक हुन्छ ?

 काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन् । बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न पनि सकिनेछ ।

२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए । बनेर्डका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।