विप्लवविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द  विप्लवसहितका  नेताहरुलाई राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुनूपर्ने भनेको छ। अदालतमा विसं २०८० मंसिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम जिल्ला अदालत काठमाडौ प्रशासन शाखाले  ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेश अनुसार सूचना प्रकाशित गरिएको बताएको छ।

पक्राउ पुर्जीको सूचना प्रकाशित भएका मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफुूसँग भएको सबुद प्रमाणसहित तपाईं आफैं उपस्थित हुनुहोला उक्त पक्राउ पुर्जी सूचनामा  भनिएको छ। 

अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्काबहादुर विश्वकर्मा प्रकान्ड, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका  अध्यक्ष राजु कर्की, माइला लामाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको छ।