हवाई भाडा घट्यो, अब कहाँ जान कति लाग्छ भाडा ?

काठमाडौँ - इन्धनको मूल्य घटेसँगै हवाई भाडा समेत घटेपछि यात्रुहरुलाई आर्थिक सहजता देखिएको छ । चैत्र २२ गतेदेखि नै लागुहुने गरि हवाई भाडाको मूल्य घटेको हो । सबैभन्दा धेरै काठमाडौंदेखि धनगढीसम्मको रुटको हवाई सेवा मूल्य घटेको देखिन्छ ।

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै हवाई सेवा मूल्य घटेको हो ।

हवाई भाडा : कुन रुटमा कति घट्यो ?

  • – काठमाडौंदेखि धनगढीको उडानमा ४ सय ४० रुपैयाँ
    – घटेको मूल्य अनुसार अब काठमाडौंदेखि धनगढीको उडानमा कायम भाडा ७ हजार ५ सय १०
  • – काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँ
    – घटेको मूल्य अनुसार अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४ सय ९० रुपैयाँ
  • – काठमाडौंदेखि भद्रपुरसम्मको उडानमा तीन सय रुपैयाँ
    – काठमाडौंदेखि विराटनगरसम्मको उडानमा २ सय ४० रुपैयाँ
    – काठमाडौंदेखि जनकपुरसम्मको उडानमा एक सय ३० रुपैयाँ
    – काठमाडौंदेखि भरतपुरसम्मको उडानमा एक सय पाँच रुपैयाँ
    – काठमाडौंदेखि पोखरासम्मको उडानमा एक सय ५५ रुपैयाँ
    – काठमाडौंदेखि भैरहवासम्मको उडानमा दुई सय पाँच रुपैयाँ
  • – काठमाडौंदेखि नेपालगञ्जसम्मको उडानमा तीन सय २५ रुपैयाँ
    – काठमाडौंदेखि तुम्लिङटारसम्मको उडानमा एक सय ८५ रुपैयाँ
    – काठमाडौंदेखि सिमरासम्मको उडानमा ९० रुपैयाँ
    – काठमाडौंदेखि सुर्खेतसम्मको उडानमा तीन सय ४५ रुपैयाँ
    – काठमाडौंदेखि राजविराजसम्मको उडानमा दुई सय पाँच रुपैयाँ