निर्मला हत्या प्रकरण : डीएनए परीक्षण गर्न थप ३ जनाको नमुना संकलन

काठमाडौँ - रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । 
लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । तर, ती सबैको डीएनए परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिक सहित ५ जनाको रगतको स्याम्पल संकलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो । गृह मन्त्रालयबाट रविको बहिर्गमनसँगै सो समिति निष्क्रिय भएको छ ।