कोभिड स्वास्थ सामाग्री प्रकरण पुनः छानबिन गर्दै सार्वजनिक लेखा समिति स्वास्थ्यसँग माग्य्यो विवरण

कोभिड - १९ कोरोनासमयमा स्वस्थ्य सामाग्री खरिद प्रकरणमा भएको अनियमितता विषयमा छानबिन गर्न सार्वजनिक लेखा समितिले पुनः छानबिन थालेको छ। प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले कोरोना महामारीका वेला खरिद गरिएको स्वास्थ्य सामाग्री विषयमा सरकारसँग विवरण मागेको छ।

कोरोनाकालमा १६ फागुन २७६ मा स्वास्थ्य सेवा विभागले विशेष परिस्थितिमा  स्वास्थ्य सामाग्री खरिद गर्न निर्णय गरि मन्त्रीपरिषदको निर्णयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको थियोे ।

खरिद प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयले दिएको कागजातपत्र अनुसार तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले ओम्नि समूहसँग औषधि खरिद गर्न सिफारिस गरेका थिए भने मन्त्री ढकालले निर्णय गरेका थिए । 

त्यसपछि मात्र स्वास्थ्य सेवा बिभागले  १२ चैत २७६ मा कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा उपचारका लागि चाहिने  स्वास्थ्य   सामाग्री खरिद प्रक्रियामा सम्झौता गरेको थियोे ।