राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ १२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ७७ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९२ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ५५ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १६ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०७ पैसा तोकिएको छ।