काभ्रे जिप्रकामा कार्यरत हुँदा सुन तस्करलाई नागरिकता दिलाउने अधिकृत रामचन्द्र अर्याल पक्राउ

 नागरिकतासम्बन्धी मुद्दामा बागमती प्रदेशसभा सचिवालयका अधिकृत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करीमा संलग्न पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरीले जनाएको छ । 

अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।