आजको मौसम : कोसी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

 काठमाडौँ - आज दिउँसो मधेस, कोसी प्रदेशलगायत देशका पहाडी भू–भाग आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङ–सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति कोसी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।