१ करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादी मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३० बस्ने ४७ वर्षिय अमित अग्रवाल रहेका छन् । अग्रवाललाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले बताए ।
उनका अनुसार काठमाडौँ जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा दोषी ठहर गरेपछि उनी फरार भएका थिए । पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनको लागी काठमाडौँ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । अदालतले अग्रवाललाई २०८० जेठ २२ गते बैङ्किङ कसुर मुद्दामा एक करोड पचास लाख जरिवाना गरेकाे थियो । त्यस्तै २०८० असार २१ गते चेक अनादर मुद्दामा तीन हजार जरिवाना गिरयाे भने २०८० फागुन २४ गते चेक अनादर मुद्दामा चार हजार जरिवाना गरिएको थियो ।