नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत सम्पन्न

बुटवल - महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ।

कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो। सो सडक खण्डको काम हाल २६ प्रतिशत मात्रै सम्पन्न भएको छ।